Tharu Community
थारु भाषाका धार्मिक ग्रन्थबारे चासो
सोम डेमनडौरा
७ बैषाख, नेपालगञ्ज
थारुभाषि स्रष्टाहरुले थारु भाषा संरक्षण, संबद्र्धन र विकास बारे चिन्तन गरेका छन् । उनीहरुले स्काइप मार्फत थारु भाषा साहित्य बारे छलफल गरेका हुन् । यसका साथै भाषा साहित्य विकासका लागि स्काइपमा बाचन गरिएका सचना संकलन गरेर पुस्तक प्रकाशनमा लाग्नुपर्ने आवश्यकता महशुस गरिएको छ ।
थारु यूवामा अहिले गजल लेख्ने कार्य एकदमै बृद्धि भएको छ । तथापि गजल लेख्दा प्रायजसो नेपाली भाषाको प्रयोग भएकाले प्राचिन थारु भाषालाई प्रयोगमा ल्याउनु पर्ने कुरा जोड गरिएको थियो । साउदी अरेबिया बाट रामचन्द्र चौधरीले बोल्दै मौलिक शब्द र भाषा प्रयोग गर्नुपर्ने औंल्याए । यसैगरि, साउदी अरेयिबा बाटै कुमार चौधरीले अबका यूवाहरुले थारु भाषाका पौरानिक कथा र सजना ग्ति, मैना गीत र बर्किमार जस्ता पुराना गीतको अध्ययन गर्नुपर्ने बताए ।
साउडी
बस्दै आएका सुरज चौधरी भन्छन्, “हामीले आफ्नो भाषा बिद्यालयमा पढ्न पाएक छैनौ । सानै देखि नेपाली पढ्नुपर्ने बाध्यता भएको छ । जसले गर्दा हामीले हाम्रो आफ्नो भाषा बारे ज्ञान एकदमै न्यून छ । यसबारेमा, अबका दिनमा हाम्रो भाषामा पनि पाठ्यपुस्तकको अध्यापन हुनु जरुरी छ ।”
साहित्यकार तथा स्काइप कार्यक्रमका प्रमुख अतिथि कृष्णराज सर्बहारीले काठमाण्डौबाट “डेरा ओ डिउँटा” कबिता बाचन गर्दैे, “थारु भाषामा अन्तराष्ट्रिय स्तरमा स्काइप साहित्य बाचन कार्यक्रम एकदमै सह्रानीय छ । यो कार्यक्रमको शुरुवाट गर्नु नै ठुलो कुरा हो । यसलाई निरन्तरता दिनुका साथै धेरै भन्दा धेरै साहित्यकार र थारुभाषि बरिष्ठ साहित्यकारहरुलाई पनि सहभागी गराउनु पर्छ । सर्बहारीले, अबका आउँदा दिनमा स्काइपमा बाचन गरिएका दश दश वटा गजल संकलन गरि संयुक्त स्काइप गजल संग्रह प्रकाशन गर्नुपर्ने सुझाब दिए । उनले अगाडी भने, “अब थारुभाषि साहित्यकारहरु आफ्नो पहिचान र अस्तित्वको रक्षा गर्न हलो जोतेको ठाउँ या काम गदैृ गरेको ठाउँमा गएर पनि त्यसै सम्बन्धी रचना पाठ गरि सचेत बनाउनु पर्छ ।”
संयोजक सोम डेमनडौराले कार्यक्रममा गजल बाचन गर्दै भने, “अबका थारुभाषि स्रष्टाहरुले थारु धर्मग्रन्थहरु गुर्वावक जल्मौटी, बर्किमार, पँचरा लगायतका पुस्तकहरुको अध्ययन गरेर यसका बारेमा बहस र बिश्लेषण गरिनु पर्छ । थारु भनेका को हुन यिनै ग्रन्थलाई उजागर गरेर साहित्य सृजना गरिनु पर्छ ।” संयोजक डेमनडौराले अबका
दिनमा यूवाले मौलिक थारुभाषामा रचना सृजना गरे मात्र थारु भाषाको संरक्षण र संबद्र्धन हुने बताए ।
जन्ग्रार साहित्यिक बखेरी नेपालको आयोजनामा भएको सो बखेरीमा साउदी अरेबिया, मलेशीया, दुबई र नेपालको काठमाण्डौ, नेपालगञ्ज, धनगढी, गुलरीयाबाट सत्यनारायण दहित, निष्ठुरी चिज, निराजन चौधरी, लाछु चोधरी, ठाकुर अकेला, तेतराम चौधरी लगायतले रचना बाचन गरेका थिए ।
थारु भाषाका धार्मिक ग्रन्थबारे चासो
सोम डेमनडौरा
७ बैषाख, नेपालगञ्ज
थारुभाषि स्रष्टाहरुले थारु भाषा संरक्षण, संबद्र्धन र विकास बारे चिन्तन गरेका छन् । उनीहरुले स्काइप मार्फत थारु भाषा साहित्य बारे छलफल गरेका हुन् । यसका साथै भाषा साहित्य विकासका लागि स्काइपमा बाचन गरिएका सचना संकलन गरेर पुस्तक प्रकाशनमा लाग्नुपर्ने आवश्यकता महशुस गरिएको छ ।
थारु यूवामा अहिले गजल लेख्ने कार्य एकदमै बृद्धि भएको छ । तथापि गजल लेख्दा प्रायजसो नेपाली भाषाको प्रयोग भएकाले प्राचिन थारु भाषालाई प्रयोगमा ल्याउनु पर्ने कुरा जोड गरिएको थियो । साउदी अरेबिया बाट रामचन्द्र चौधरीले बोल्दै मौलिक शब्द र भाषा प्रयोग गर्नुपर्ने औंल्याए । यसैगरि, साउदी अरेयिबा बाटै कुमार चौधरीले अबका यूवाहरुले थारु भाषाका पौरानिक कथा र सजना ग्ति, मैना गीत र बर्किमार जस्ता पुराना गीतको अध्ययन गर्नुपर्ने बताए ।
साउडी
बस्दै आएका सुरज चौधरी भन्छन्, “हामीले आफ्नो भाषा बिद्यालयमा पढ्न पाएक छैनौ । सानै देखि नेपाली पढ्नुपर्ने बाध्यता भएको छ । जसले गर्दा हामीले हाम्रो आफ्नो भाषा बारे ज्ञान एकदमै न्यून छ । यसबारेमा, अबका दिनमा हाम्रो भाषामा पनि पाठ्यपुस्तकको अध्यापन हुनु जरुरी छ ।”
साहित्यकार तथा स्काइप कार्यक्रमका प्रमुख अतिथि कृष्णराज सर्बहारीले काठमाण्डौबाट “डेरा ओ डिउँटा” कबिता बाचन गर्दैे, “थारु भाषामा अन्तराष्ट्रिय स्तरमा स्काइप साहित्य बाचन कार्यक्रम एकदमै सह्रानीय छ । यो कार्यक्रमको शुरुवाट गर्नु नै ठुलो कुरा हो । यसलाई निरन्तरता दिनुका साथै धेरै भन्दा धेरै साहित्यकार र थारुभाषि बरिष्ठ साहित्यकारहरुला
संयोजक सोम डेमनडौराले कार्यक्रममा गजल बाचन गर्दै भने, “अबका थारुभाषि स्रष्टाहरुले थारु धर्मग्रन्थहरु गुर्वावक जल्मौटी, बर्किमार, पँचरा लगायतका पुस्तकहरुको अध्ययन गरेर यसका बारेमा बहस र बिश्लेषण गरिनु पर्छ । थारु भनेका को हुन यिनै ग्रन्थलाई उजागर गरेर साहित्य सृजना गरिनु पर्छ ।” संयोजक डेमनडौराले अबका
दिनमा यूवाले मौलिक थारुभाषामा रचना सृजना गरे मात्र थारु भाषाको संरक्षण र संबद्र्धन हुने बताए ।
जन्ग्रार साहित्यिक बखेरी नेपालको आयोजनामा भएको सो बखेरीमा साउदी अरेबिया, मलेशीया, दुबई र नेपालको काठमाण्डौ, नेपालगञ्ज, धनगढी, गुलरीयाबाट सत्यनारायण दहित, निष्ठुरी चिज, निराजन चौधरी, लाछु चोधरी, ठाकुर अकेला, तेतराम चौधरी लगायतले रचना बाचन गरेका थिए ।
No comments:
Post a Comment
https://www.facebook.com/tharusahitykekhojji